धनगढी, २ कात्तिक ।
आइतबारदेखि परेको अविरल बर्षाका कारण मंगलबार दिउँसो घर भत्किँदा डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकसहित उनका १८ वर्षका छोरा मोहन, १२ वर्षीया छोरी पवित्रा र सोही घरमा मामाघर आएका १६ वर्षीय रविनको मृत्यु भएको हो ।
घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले थप विवरण संकलन गर्दैछ ।




