डोटीमा पहिरोले घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

धनगढी, २ कात्तिक । आइतबारदेखि परेको अविरल बर्षाका कारण मंगलबार दिउँसो घर भत्किँदा डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकसहित उनका १८ वर्षका छोरा मोहन, १२ वर्षीया छोरी पवित्रा र सोही घरमा मामाघर आएका १६ वर्षीय रविनको मृत्यु भएको […]
चितवन राष्ट्रिय निकुञ्जमा बाघको चहलपहल बढ्यो

भरतपुर, २ कात्तिक । रासस मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट नियाल्ने अवसर पाए । उनीसँगै उक्त जिपमा रहेका अरुले […]
पटिहानीमा पर्यटकको घुइँचो, व्यवसायी उत्साहित

भरतपुर, २ कात्तिक । कोराना कहरले थलिएको पर्यटन व्यवसाय उकालो लाग्दैगर्दा पश्चिम चितवनको पटिहानी क्षेत्र पर्यटकहरूले भरिन थालेको छ । दशैं बिदामा घुम्ने गन्तव्यमा आन्तरिक पर्यटकको रोजाइमा घटगाईको `अम्ब्रेला स्ट्रिट´ पनि परेको छ । कोरोनाले बन्द हुनुभन्दा अघि यस क्षेत्रमा दैनिक तीन हजारदेखि पाँच हजारसम्म पर्यटक आउने गरेका थिए । यो क्षेत्रमा फेरी चहलपहल शुरु […]
यौनजन्य सामग्रीविरुद्ध फेसबुकको कडा कदम

भरतपुर, २ कात्तिक । फेसबुकले अब कुनैपनि अकाउण्टमा यौनजन्य सामग्री आदानप्रदान भएमा अकाउण्ट सधैँको लागि बन्द गर्ने भएको छ । फेसबुकले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलापसम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि सधैँको लागि प्रतिबन्ध लगाउने भएको हो । यस अन्तर्गत यदि कुनै यूजरले सेलिब्रिटी, राजनीतिज्ञ, क्रिकेटर तथा पत्रकारलगायतका व्यक्तिहरूलाई लक्षित गरेर अफवाह तथा […]
कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

भरतपुर, २ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो । एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि […]
अविरल बर्षाका कारण सुदूरपश्चिमका पाँच जिल्लामा क्षति

काठमाडौँ, २ कात्तिक । अविरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्षति पुगेको छ । डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । डडेल्धुराका दुई जना र कैलालीका एक जना बेपत्ता भएको खबर छ । पहिरोका कारण बझाङमा तीन घर, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएको प्रहरीले जनाएको छ । दुई […]
आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं, २ कात्तिक । सरकारले आज (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा […]
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यस्तै, बैठकले आज मंगलबार (२ कात्तिक)मा मोहम्मद […]
खेलकुद परिषद्का सदस्यसचिव सिलवाल बर्खास्त

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सिलवाललाई यसअघि मन्त्रिषरिषद्ले खेलकुद मन्त्रालयमार्फत दुई पटक स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएकाले बर्खास्त गर्ने निर्णय गरिएको हो । गत वर्षको साउनमा दोस्रो पटक सदस्यसचिव नियुक्त भएका […]