काठमाडौँ, २ कात्तिक ।
अविरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्षति पुगेको छ । डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । डडेल्धुराका दुई जना र कैलालीका एक जना बेपत्ता भएको खबर छ ।
पहिरोका कारण बझाङमा तीन घर, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएको प्रहरीले जनाएको छ । दुई भैंसी, एक गाई, २२ बाख्रा, ३ गोरु र २२ कुखुराको मृत्यु भएको छ ।
कात्तिक १ गते राती ४.५५ बजे परेको अविरल बर्षाको कारण कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ भासुभिरस्थित भीमदत्त राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पुर्ण रुपमा अबरुद्ध भएको थियो ।





