खेलकुद परिषद्‌का सदस्यसचिव सिलवाल बर्खास्त

काठमाडौँ, २ कात्तिक ।
राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सिलवाललाई यसअघि मन्त्रिषरिषद्ले खेलकुद मन्त्रालयमार्फत दुई पटक स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएकाले बर्खास्त गर्ने निर्णय गरिएको हो ।

गत वर्षको साउनमा दोस्रो पटक सदस्यसचिव नियुक्त भएका सिलवालको कार्यकाल अझै तीन वर्ष बाँकी रहेको थियो ।

२०७६ असारमा तत्कालिन प्रधानमन्त्री केपी ओली निकट सिलवालले खेलकुद परिषद्को सदस्य सचिवमा पहिलोपटक राजनीतिक नियुक्ति पाएका थिए । गत वर्ष खेलकुद ऐन लागू भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर फेरि सदस्य सचिव बनेका थिए ।

सदस्यसचिव नियुक्ति भएको वर्ष नै १३औं दक्षिण एसियली खेलकुद आयोजनाको नेतृत्व गरेका सिलवाल विवादमा समेत परेका थिए । उनीमाथि दक्षिण एसियली खेलकुद आयोजना गर्दा अनियमितता गरेको आरोप लागेको थियो ।

महालेखा परीक्षकको कार्यालयले दक्षिण एसियाली खेलकुद आयोजना गर्दा खेलकुद सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भएको प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट