काठमाडौं, २ कात्तिक ।
सरकारले आज (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।





