भरतपुर, ३० असोज ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा–१५ पनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेका छन् ।
दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
ठक्कर दिने बस तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।





