साफ च्याम्पियनसिप : नेपाल उपविजेता, भारतसँग ३-० ले पराजित

भरतपुर, ३० असोज । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल उपविजेता बनेको छ । फाइनलमा भारतसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतले दोस्रो हाफमा तीन गोल गरेको हो । यससँगै भारत आठौँपटक साफ च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ । नेपाल फाइनलमा पुगेको यो पहिलोपटक थियो […]
दुवै टिमका मुख्य खेलाडी र प्रशिक्षकबिनै खेल

भरतपुर, ३० असोज । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा पुगेको नेपाल उपाधि चुम्ने दाउमा छ । अहिले बेलुकी पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको हो । जारी प्रतियोगिताको लिगको खेलमा भारतसँग १–० गोलको हार बेहोरेको नेपाल भारतलाई पराजित गरेर पहिलोपटक […]
आज विश्व खाद्य दिवस: ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ मनाइँदै

भरतपुर, ३० असोज । आज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले […]
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भरतपुर, ३० असोज । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा–१५ पनेस […]
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै

भरतपुर, ३० असोज । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । फाइनल खेल नेपाली समय अनुसार आज राति पाैने ८ बजे माल्दिभ्सकाे मालेस्थित रंगशालामा सुरु हुनेछ । नेपालले बंगलादेशसँग १-१ गाेलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएकाे थियाे । आयोजक माल्दिभ्सलाई ३-१ ले हराउँदै भारतले नेपालसँगकाे उपाधि भिडन्त पक्का गरेकाे […]
खोपको पूर्णमात्रा लगाएका ३३ देशका यात्रुमाथि अमेरिकाले हटाउने भयो यात्रा प्रतिबन्ध

भरतपुर, ३० असोज । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । आउँदो नोभेम्बर ८ देखि ३३ देशका यात्रु, जसले खोपको पूर्णमात्रा लगाएका छन्, उनीहरुका लागि सीमा पूर्णरुपमा खुला हुने अमेरिकाले जनाएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको नयाँ नियमअनुसार खोपको पूर्णमात्रा लगाएका तथा यात्राको ७२ घण्टा […]
ससुरालीबाट टीका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु
खोटाङ, ३० असोज । खोटाङमा ससुरालीबाट टीका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी […]