कसैको दवावमा परेर राष्ट्र र जनताको हित विपरित काम गर्दिनँः सभामुख सापकोटा

चौतारा, २८ असोज ।
सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुगेका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतारचढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे ।

एक प्रसङ्गमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए ।

खेल मैदानसहित सुविधा सम्पन्न दुई तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट रु २० लाख, बागमती प्रदेश सरकारबाट रु ३० लाख र गाउँपालिकाबाट रु ५ लाखसहित रु ५५ लाखमा सम्पन्न भएको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट