‘अर्ली इलेक्सन’को सम्भावना छ : ओली

झापा, २८ असोज । रासस पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन् । दसैँ, दीपावली, छठ र नेपाल संवत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ […]
कसैको दवावमा परेर राष्ट्र र जनताको हित विपरित काम गर्दिनँः सभामुख सापकोटा

चौतारा, २८ असोज । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुगेका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतारचढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै […]
रुवी खानलाई तत्काल रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्चको आदेश

भरतपुर, २८ असोज । महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पुर्याएको थियो । उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न आदेश दिएको हो । रिहा गरेलगत्तै पुनः […]
थप्पडले गयो ज्यान

भरतपुर, २८ असोज । भरतपुर महानगरपालिका- ४ रामघाटमा मदिरा सेवन गरेका एक व्यक्तिको एकै थप्पडका कारण मृत्यु भएको छ । सोही ठाउँका दिलीप श्रेष्ठले थप्पड हान्दा उनी भुईमा लडेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ४ […]
मनकामना केबलकार दशैँमा दुई दिन बन्द

भरतपुर, २८ असोज । रासस मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज महानवमी र भोलि विजयादशमीका दिन सेवा बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
तीर आक्रमण: नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ । राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो । सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन्। आक्रमणको उद्देश्य सन्दिग्ध व्यक्तिले एक्लै […]
साफ फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने

भरतपुर, २८ असोज । साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ । माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेको थियो । भारतका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका […]
महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, २८ असोज । रासस आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको […]