तीर आक्रमण: नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ ।

राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो ।

सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन्।

आक्रमणको उद्देश्य
सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ । आक्रमणको उद्देश्य चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हताहत भएकाध्ये केही सुपरमार्केटमा फेला परेका थिए, जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

बिदा हुन लागेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले व्यक्तिहरूविरुद्ध डरलाग्दो कार्य गरिएको भन्दै त्यसको निन्दा गरेकी छन् ।

त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।

घरहरूका काठका भित्तामा वाणहरू अड्केका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।

घटनापछि एउटा पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भनिन्, “मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्, तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।” (बिबिसीको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट