थप्पडले गयो ज्यान

भरतपुर, २८ असोज ।
भरतपुर महानगरपालिका- ४ रामघाटमा मदिरा सेवन गरेका एक व्यक्तिको एकै थप्पडका कारण मृत्यु भएको छ । सोही ठाउँका दिलीप श्रेष्ठले थप्पड हान्दा उनी भुईमा लडेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ४ रामघाट, दुर्गाचोकका भीमबहादुर विक हुन् । विकले अत्यधिक मदिरा सेवन गरी जथाभावी बोलेपछि श्रेष्ठले थप्पड हान्दा भुईमा लडेर घाइते भएको प्रवक्ता थापाको भनाइ छ ।

अस्पतालमा उपचारको क्रममा बिकको मृत्यु भएको प्रहरीले बताएको छ । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट