रुवी खानलाई तत्काल रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्चको आदेश

भरतपुर, २८ असोज ।
महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले नेपालगञ्ज पुर्‍याएको थियो ।

उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न आदेश दिएको हो । रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ ।

न्यायको खोजीमा नेपालगञ्‍जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका- ७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट