यस्तो छ भारतविरुद्ध नेपालको प्लेइङ सेट

भरतपुर, २४ असोज ।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन् । नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतको सामना गर्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती एघारमा समेटेका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी र रोहित चन्दसँग विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् ।

मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन् । आक्रमणमा सुजल श्रेष्ठ, मनीष डाँगी र सुमन लामा छन् ।

नेपालले यस खेलमा जित हासिल गरे टोली फाइनलमा प्रवेश गर्नेछ । भारत भने पराजित भए फाइनल प्रवेश गर्नबाट वञ्चित हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट