चितवनमा अन्तर लियो लायन्स फुटसल प्रतियोगिता भोलि देखि सुरु

भरतपुर, २२ असोज ।

आठौं संस्करणको अन्तर लियो लायन्स फुटसल प्रतियोगिता चितवनमा शनिबार ( भोलि) देखि सुरु हुने भएको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा असोज २३ र २४ गते प्रतियोगिता हुन लागेको हो ।
भरतपुर -७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा हुने प्रतियोगितामा २८ वटा लायन्स तथा लियो क्लबहरुको सहभागीता रहने क्लबका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । प्रतियोगितामा चितवनसहित, काठमाडौं, नवलपुर, मकवानपुर र रुपन्देहीका बिभिन्न क्लबहरु सहभागी हुनेछन् ।

दुई दिन हुने प्रतियोगिताको फाइनल खेल २४ गते दिउँसो हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १२ हजार रुपैयाँँ प्राप्त गर्नेछन् ।
स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका क्लबले विगत आठ वर्षदेखि फुटसल प्रतियोगिता गर्दै आएको अध्यक्ष सुवेदीले  बताए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट