कोरोनाको तितो अनुभव

कोरोना भाइरसको महामारीले धेरै क्षेत्रलाई प्रभावित पारेको छ । नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पारेका कारण कसैले सोचेका र आँटेका कामले पूर्णता पाउन सकिरहेका छैनन् । कोभिडको संक्रमण सुरुमा सामान्य रुपमा रहे पनि पछिल्लो समयमा धेरै व्यक्तिको ज्यान गएको छ ।

सामान्य रुघाखोकी, ज्वरो र निमोनियाको संकेत देखिँदा अस्पतालसम्म जान नचाहेका कारण र अन्तिम अवस्थामा पुगेपछि अस्पतालको बसाइमा औषधिले काम नगरेका कारण झन् डरलाग्दो परिणाम सारा विश्वले झेल्नु परेको थियो । कोरोनाले विभिन्न क्षेत्रमा पारेको प्रभावले पशुपालन व्यवसाय पनि अछुतो रहन सकेन । पशुपालन व्यवसायमा लागेका किसानले धेरै नोक्सान र दुःख भोग्नुपरेको अवस्था छ । गैँडाकोटमा धेरै किसानहरु पशुपालन व्यवसायमा संलग्न रहेका छन् । देख्दा सामान्य लागे पनि निकै जोखिमपूर्ण व्यवसाय हो यो ।

पशुपालन व्यवसायबाट उत्पादन गरिएको दूध, दही र अन्य परिकार भण्डारण गरेर राख्न सम्भव हुँदैन । छोटो समयमा बिग्रने भएका कारण कति किसानहरु व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

गैँडाकोटका किसानहरु, जसले व्यवसायमा राम्रो आम्दानी गरेका थिए, उनीहरुको गोठमा कोरोनाको पहिलो लहर सुरु हुनुभन्दा पहिला दैनिक ६० लिटरसम्म दूध बिक्री गर्थे । उनीहरु कोभिडको डरलाग्दो अवस्थासँगै आफ्नो व्यवसायबाट निरास बनेका छन् । सामान्यरुपमा चलेको पशुपालन व्यवसायमा आम्दानीसँगै चुनौती पनि रहेको हो । समयमा दाना पराल उपलब्ध हुन नसकेमा पशुपालन व्यवसाय नै माया मार्नुपर्ने अवस्था आउँछ ।
सामान्यरुपमा चलेको दैनिकी कोभिडपछि भने किसानले उत्पादन गरेको दूध बिक्री गर्न नसक्दा उत्पादन गरिएको दूध खेर गएको अवस्था थियो । दूध व्यवसायमा लागेका किसानलाई पहिलो लहरको कोरोना माहामारीले पशुपालन व्यवसाय नै छोड्ने अवस्था आएको थियो । दैनिक ६० र ७० लिटर दूधबाट कहिले पनिर बनाउने, कहिले क्रिम निकाले पनि दूध धेरै भएर सम्भव नभएका कारण कहिँकतै आश्रमसम्म लैजान पनि बाटाको असहज अवस्था र सवारी साधन नचलेका कारण दूध गाईलाई नै खुवाउनुपर्ने अवस्था आएको थियो ।

गैँडाकोटका धेरै किसानहरु दूध व्यवसायमा संलग्न रहेका छन् तर कोरोना माहामारीका कारण दूध व्यवसायको असरको मारमा परेका किसानहरुको दैनिक अहिलेसम्म सहज बन्न सकेको छैन । कोरोना महामारीले धेरैको जनजीवनमा परिवर्तन गराएको छ । सरकारले विभिन्न समयमा गरेको लकडाउनले दिनभरी काम गरेर आफ्नो जीवन चलाउँदै आएका घरपरिवार भोकभोकै समय कटाउन बाध्य भएका थिए । लामो दूरीका सवारी साधनहरु चल्ल नसकेका कारण भोकभोकै सडकमा यात्रा गरिरहेका यात्रुहरुको अवस्था झन् कष्टकर र कहालीलाग्दो थियो । सरकारले समयमा रोगको बारेका सबै जनतालाई सचेत र सजक बनाउन सकेको भए धेरै जनताले भोगेको दुख कम हुने थियो होला ।

आजको दिनसम्म पनि कोभिडले असर पारका क्षेत्रहरु राम्रोसँग सञ्चालन गर्ने सहज वातावरण बनेको छैन । फेरि कोरोनाको तेस्रो तहरको हल्ला फैलीरहेको छ तर मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएका कारण आफ्नो दैनिक जीवनमा फर्कीन थालिसकेको अवस्था छ । तर पनि सरकारले आम नागरिकको स्वास्थ्यको ख्याल गरेर आवश्यक जोखिम न्युनिकरणका उपायहरु अपनाउनाका लागि सहयोग गर्न आवश्यक रहेको छ ।

सरकारले यो समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुको जोहो गर्ने र सहयोग गर्ने विभिन्न संघसंस्था र बिदेशी राष्ट्रहरुसँग बेलाबेलामा समन्वय गरेर सहयोगका लागि अपिल गर्ने हो भने पनि अब आउने जोखिम र रोगको संक्रमणबाट धेरै जनताहरुको ज्यान बच्न सक्छ ।लकडाउन पूर्णरुपमा खुलेर कोरोनाको संक्रमण दर कम हुँदै गएपनि ढुक्क भएर बस्ने अवस्था भने छैन । स्वस्थकर खाना खाने, भिडभाडमा जाँदा चनाखो बन्ने र सकभर भिडभाडमा नजाने र नियमित मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्न सकेमा कोभिडसँगै अन्य रोगहरुबाट पनि सुरक्षित रहन सकिन्छ । कुनै पनि रोग लागिसकेपछि दुःखी हुनुभन्दा पहिला नै सचेत बन्ने बानीको विकास गरौँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट