भरतपुर ६ असोज ।
चितवन प्रहरीले खाजाघरमा यौनधन्दा चलाइरहेको आरोपमा होटल संचालक सहित तीन जनालाई प्रक्राउ गरेको छ । भरतपुर महानगरपालिका –२ लायन्सचोक स्थित विकास खाजा घरमा यौनधन्दा चलाएको आरोपमा होटलका संचालका धादिङ घर भएका ४२ वर्षीय विकास भन्ने भोज बहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ र पसलमा ग्राहक बनेर आएका बाराका राजेश चौधरी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
होटलमा काम गर्ने महिलालाई आर्थिक प्रलोभन र दबाबमा पारी यौनधन्दा चलाइरहेको गोप्य सुचनाका आधारमा प्रहरीले गत आइतबार उनीहरुलाई प्रक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानमा २ जना महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाई लगाएतको काम दिन्छु भनि ग्राहकहरुसंग यौनकार्यमा लगाउने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी सुर्य थापाले जानकारी दिए । प्रहरीले दुई पिडीत महिलाको उद्धार गरेको छ । प्रक्राउ परेका होटल संचालकहरु र ग्राहकलाई मानव बेचबिखन मुद्धामा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भरहेको थापाले बताए ।





