सर्पले डस्दा दिदीभाइको मृत्यु

राजविराज, ६ असोज। सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए। राति […]
‘श्वेतशार्दुल : मदन भण्डारीको जीवन’ सार्वजनिक

भरतपुर, ६ असोज । लेखक रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दुलः मदन भण्डारीको जीवन’ बजारमा आएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै ओलीले लेखकले गरेको मिहिनेत प्रशंसनीय रहेको बताए । लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरु, भेटेका मान्छेहरुले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ […]
खाजाघरमा यौनधन्दा चलाउने होटल संचालकसहित तीन प्रक्राउ

भरतपुर ६ असोज । चितवन प्रहरीले खाजाघरमा यौनधन्दा चलाइरहेको आरोपमा होटल संचालक सहित तीन जनालाई प्रक्राउ गरेको छ । भरतपुर महानगरपालिका –२ लायन्सचोक स्थित विकास खाजा घरमा यौनधन्दा चलाएको आरोपमा होटलका संचालका धादिङ घर भएका ४२ वर्षीय विकास भन्ने भोज बहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ र पसलमा ग्राहक बनेर आएका बाराका राजेश […]
एकीकृत समाजवादीका महासचिव छानिँदै

भरतपुर, ६ असोज । नेकपा (एकीकृत समाजवादी)का महासचिव चयन गरिने भएको छ । भोलि पुनः बस्ने केन्द्रीय कमिटीको बैठकमा महासचिव चयन गरिने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आज नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बसेको बैठकमा महासचिव चयनलगायत विषयमा छलफल भएको हो । बैठकबाट राजनीतिक प्रतिवेदन पारित गरिएको छ । हिजोको बैठकमा अध्यक्ष […]
डा. भक्तमान श्रेष्ठका अपहरणकारी ११ वर्षपछि पक्राउ
भरतपुर, ५ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोपमा अदालतबाट दोषी ठहर भएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले नुवाकोटको विदुर नगरपालिकाका ४५ वर्षीय राजेन्द्रकुमार पण्डितलाई पक्राउ गरेको हो । ११ वर्षअघि श्रेष्ठलाई १९ दिनसम्म बन्धक बनाई एक करोड […]
डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा […]
२०७८ असोज ६ गते बुधबारको कायाकैरन दैनिक (E-paper)
घोप्टे भिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर, ६ असोज । घोप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात रोकिएका छन् । लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ । मध्यरातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट […]