घोप्टे भिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर, ६ असोज ।
घोप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात रोकिएका छन् । लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।

मध्यरातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३/४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८/९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट