चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको ३ महिने डमरु मृत फेला

भरतपुर, २२ भदौ।

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको ३ महिनाको बच्चा। (पोथी डमरु) मृत अवस्थामा फेला परेको छ ।निकुञ्जको कोर इलाका पूर्वी सेक्टर सौराहा क्षेत्रको ढुंगरे खोला पारी मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जका सुचना अधिकृत लोकेन्द्र अधिकारीका अनुसार प्रारम्भिक स्थलगत अध्ययनको आधारमा माउसँग छुट्न गइ भोकै भएकाले डमरुको मृत्य भएको हुनसक्ने अनुमान गरिएको छ ।उक्त डमरुको पोस्टमार्टमसहित थप परीक्षणको लागि नमुना संकलन गरी भेटेनेरी शाखा पठाइएको छ ।यो वर्ष मृत बाघ भेटिएको यो पहिलो घटना हो । चितवन राष्ट्रिय निकुन्जमा २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेको तथ्याङ्क छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट