भरतपुर अस्पतालसँग जमिन छ , पार्किङ छैन

भरतपुर, २२ भदौ। कार्यालय समय अगाबै भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति […]
कांग्रेस महाधिवेशन: ५४ जिल्लामा वडा अधिवेशन सकियो, २० जिल्लामा अनिश्चित
भरतपुर, २२ भदौ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन ५४ जिल्लामा सकिएको छ । शुक्रबारदेखि प्रारम्भ भएको अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको हो । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा […]
चितवनमा ३६ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजे

भरतपुर, २२ भदौ। चितवनका स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित ३६ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा चितवनका चार स्थानीय तहका ३६ जनप्रतिनिधिले सनाखत गरेका हुन् ।चितवनका सात स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जनप्रतिनिधि कसैले पनि एकीकृत समाजवादीमा सनाखत नगरेको जिल्ला […]
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको ३ महिने डमरु मृत फेला

भरतपुर, २२ भदौ। चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको ३ महिनाको बच्चा। (पोथी डमरु) मृत अवस्थामा फेला परेको छ ।निकुञ्जको कोर इलाका पूर्वी सेक्टर सौराहा क्षेत्रको ढुंगरे खोला पारी मृत अवस्थामा फेला परेको हो । निकुञ्जका सुचना अधिकृत लोकेन्द्र अधिकारीका अनुसार प्रारम्भिक स्थलगत अध्ययनको आधारमा माउसँग छुट्न गइ भोकै भएकाले डमरुको मृत्य भएको हुनसक्ने अनुमान गरिएको […]
अफगानिस्तानमा तालिबानको सरकार घोषणा, मुल्लाह हसन अखुन्द प्रधानमन्त्री बन्ने

भरतपुर, २२ भदौ । आन्दोलनमार्फत अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान समूहले सरकारको घोषणा गरेको छ । अफगानिस्तान कब्जा गरेको तीन सातापछि तालिबानले सरकारको घोषणा गरेको हो । केही दिनदेखि सरकार घोषणा गर्ने बताएको तालिबान अन्तत: मंगलबार यसको घोषणा गरेको हो । तालिबानले घोषणा गरेको सरकारका प्रधानमन्त्री मुल्लाह हसन अखुन्द बन्ने भएका छन् । यस्तै उपप्रधानमन्त्रीमा तालिबानका […]
भाषा सिफारिस स्वागतयोग्य

नेपालको संविधानको धारा ३२ मा ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बर्द्धन र संरक्षण गर्ने हक हुने’ व्यवस्था गरिएको छ । ‘राज्यले बहुभाषिक नीति अवलम्बन गर्दै विभिन्न भाषाका बीचमा पारस्पारिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी सङ्घीय एकाइबीच परस्परमा […]
चितवन टाइगर्सले लग्यो चितवनका ५ खेलाडी

भरतपुर, २२ भदौ एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि चितवनबाट ५ जनालाई क्लोजक्याम्पमा लगेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ती खेलाडीहरूमध्ये ४ जनाबाट १ जनालाई टिममा समेटिने छ । बाँकी एकजना भने टिममा परिसकेका छन् । मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । […]
चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार `प्रिय मौनता´लाई दिइने

भरतपुर, २२ भदौ । चितवन साहित्य परिषद्ले २०७७ सालको चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार साहित्यकार नेत्र एटमको कृति `प्रिय मौनता´लाई दिने निर्णय गरेको छ । सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार नेत्र एटमको कवितासङ्ग्रह `प्रिय मौनता´लाई दिने निर्णय गरेको हो । वि. सं. २०७४ सालदेखि चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कारको नामबाट प्रदान गर्न […]
वाईसीएल संयोजकमा सुमन देवकोटा

भरतपुर, २२ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । काठमाडौंको अनुपम पार्टी प्यालेसमा मंगलबार बसेकाे वाईसीएल केन्द्रीय समितिकाे पहिलाे पूर्ण बैठकले देवकाेटालाई संयाेजक चयन गरेकाे हाे । संगठनको सह संयोजकमा सुवाेध सेर्पाली चयन भएका छन् । तर अन्य पदाधिकारी भने चयन गरिएकाे छैन […]
२०७८ भदौ २२ गते मंगलबारको कायाकैरन दैनिक (E-Paper)
सेयर बजारमा तीव्र उतारचढाव

भरतपुर, २२ भदौ । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ । नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक […]
आज कुशे औंशी, बाबुकाे मुख हेर्ने दिन

भरतपुर, २२ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]