चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार `प्रिय मौनता´लाई दिइने

भरतपुर, २२ भदौ ।
चितवन साहित्य परिषद्ले २०७७ सालको चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार साहित्यकार नेत्र एटमको कृति `प्रिय मौनता´लाई दिने निर्णय गरेको छ । सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार नेत्र एटमको कवितासङ्ग्रह `प्रिय मौनता´लाई दिने निर्णय गरेको हो ।

वि. सं. २०७४ सालदेखि चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कारको नामबाट प्रदान गर्न थालिएको उक्त पुरस्कारको नामकरण यसवर्षदेखि चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार राखिएको हो । पुरस्कार राशि पनि बृद्धि गरी ३५ हजार ४५ रुपैयाँ पुर्‍याइएको परिषद्का अध्यक्ष अस्तफलले बताए ।

पुरस्कार भदौ २६ गते आह्वान गरिएको १५६औँ मोती जयन्तीको अवसरमा आयोजित काव्यगोष्ठीमा अर्पण गरिनेछ । उक्त कृति शिखा बुक्सबाट प्रकाशन भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट