भरतपुर, २२ भदौ ।
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।
काठमाडौंको अनुपम पार्टी प्यालेसमा मंगलबार बसेकाे वाईसीएल केन्द्रीय समितिकाे पहिलाे पूर्ण बैठकले देवकाेटालाई संयाेजक चयन गरेकाे हाे । संगठनको सह संयोजकमा सुवाेध सेर्पाली चयन भएका छन् । तर अन्य पदाधिकारी भने चयन गरिएकाे छैन ।
आजकाे बैठकले देवकोटाकै संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेकाे वाईसीएलले जनाएकाे छ ।
केही दिन अघि सम्पन्न राष्ट्रिय सम्मेलनले अध्यक्षमा सहमति नजुटेपछि पदाधिकारीविहीन २ सय ३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो । देवकाेटा र सेर्पाली दुबैले अध्यक्षमा दाबी गरेपछि नेतृत्व छान्ने जिम्मा नयाँ समितिलाई दिइएकाे थियाे ।
बैठकलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरेका थिए ।




