`तपाईंको मास्क खोइ ?´ भन्दै मास्क वितरण

दुम्कीबास, २ भदौ ।
पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रमा मास्क वितरण गरिएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबास, अस्थायी ट्राफिक कार्यालय दुम्कीबास र कामना सेवा विकास बैंक दुम्कीबास शाखाको आयोजनामा `तपाईको मास्क खोई ?´ अभियान अन्तर्गत मास्क वितरण गरिएको हो ।

अभियानमा मास्क नलगाई हिँड्नेहरुलाई कोरोना महामारीबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताउँदै मास्क वितरण गरिएको थियो । ५ सय जनालाई मास्क वितरण गरिएको बैंकका शाखा प्रबन्धक रामप्रसाद बस्यालले बताए ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिकमत थापाले कामना सेवा विकास बैंकले संचालन गरेको `तपाईको मास्क खोई ?´ अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । थापाले कसैले पनि हेलचेक्राई नगरी राम्रोसँग मास्क प्रयोग गर्नुपर्ने र एक अर्कामा भौतिक दूरी कायम गरेमा कोरोना महामारीबाट बच्न सकिने बताए ।

बैंकका शाखा प्रबन्धक बस्यालले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना माहामारीको समयमा मास्क वितरण गरिएको बताए । उनले आगामी दिनमा समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम संचालन गरिने पनि बताए ।

अभियानको सुरुवातमा सचेतना ब्यानर सहित दुम्कीबास बजार परिक्रमा गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट