इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

काठमाडौँ २ भदौ संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै […]
अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त

भरतपुर, २ भदौ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा (एमाले)की उपाध्यक्ष शाक्य आजै मुख्यमन्त्री नियुक्त भएकी हुन् । बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो […]
अमेरिकी आर्मी क्याम्पमा काम गरेका नेपालीको सम्झनामा तालिबान युद्ध

भरतपुर, २ भदौ । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ९ घर भएका यज्ञश्वर सापकोटाले कुनै समय अमेरिकी सेनाको अफगानिस्तानमा रहेको क्याम्पमा कुकको काम गर्ने गर्दथे । २०६२/६३ कोे जनआन्दोलन सुरु हुँदै गर्दा उनी रोजगारको शिलशिलामा पोर्चुगल जाने तयारीमा थिए । काठमाडौँबाट दिल्लीसम्म पुग्दा उनी युरोप पुगिनेमा विश्वस्त थिए । तर दिल्ली पुगेपछि एजेन्टले युरोप […]
देवचुलीमा ३२८२ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

देवचुली, २ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप केन्द्रमार्फत मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको हो । मंगलबार र बुधबार दुई दिनसम्म संचालन भएको खोप कार्यक्रममा […]
`तपाईंको मास्क खोइ ?´ भन्दै मास्क वितरण

दुम्कीबास, २ भदौ । पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रमा मास्क वितरण गरिएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबास, अस्थायी ट्राफिक कार्यालय दुम्कीबास र कामना सेवा विकास बैंक दुम्कीबास शाखाको आयोजनामा `तपाईको मास्क खोई ?´ अभियान अन्तर्गत मास्क वितरण गरिएको हो । अभियानमा मास्क नलगाई हिँड्नेहरुलाई कोरोना महामारीबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताउँदै मास्क वितरण गरिएको […]
नेकपा एमाले टुक्रियो : नेता नेपालद्वारा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिन्ह खुला किताब

काठमाडौँ, २ जेठ । नेकपा एमाले आधिकारिक रूपमा नै विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् । पार्टीले चुनाव चिन्ह खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीलाई उद्धृत गर्दै इकान्तिपुर डट कममले लेखेको छ । “निर्वाचन […]
माधव नेपाल पक्षलाई सजिलो, दल दर्ताको तयारीमा जुटे

भरतपुर, २ भदौ । पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षलाई सजिलो भएको छ । योसँगै माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य पनि शुरू गरेको छ । आजै निर्वाचन आयोग जाने तयारी भएको नेपालपक्षीय एक नेताले जानकारी दिए । दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय […]
रास्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

भरतपुर, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या […]
अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

काठमाडौँ, २ भदौ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पु¥याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । “उनीहरुलाई […]
मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक, २ भदौ । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए। उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए। थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र […]
डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’

गलेश्वर, २ भदौ। डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् । एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का […]
बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

गण्डकी, २ भदौ । गोठबाट गाईको बाच्छी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् । पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका […]
२०७८ भदौ २ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)