काठमाडौँ, २ जेठ ।
नेकपा एमाले आधिकारिक रूपमा नै विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् । पार्टीले चुनाव चिन्ह खुला किताब पाएको छ ।
पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीलाई उद्धृत गर्दै इकान्तिपुर डट कममले लेखेको छ । “निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,” सांसद चौधरीले इकान्तिपुरसँग भनेका छन् ।





