अफगानिस्तानबाट ७० नेपालीलाई स्वदेश ल्याउन नेपाल वायुृसेवाको जहाज काबुल जाँदै

काठमाडौँ, ३१ श्रावण ।

अफगानिस्तानका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० जना नेपालीलाई त्यहाँबाट स्वदेश ल्याउन भदौ १० गते नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ जाने भएको छ । यस्तै लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका करिब ७० जनालाई काठमाडौंबाट काबुल पुर्‍याउन पनि निगमको विमान त्यहाँ जान लागेको हो ।

निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको इकान्तिपुर डट कमले उल्लेख गरेको छ । सो जाहज चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रा.लि. हो । विद्रोही तालिबान समूहले अफगास्तानका शहरहरूमा कब्जा थालेको समयमा नेपाल वायुसेवा निगमको चार्टर विमान त्यसतर्फ जाने पक्कापक्की भएको हो।

चार्टर उडान भएकाले निगमले टिकट बिक्री नगरेको र प्रति घन्टा ७ हजार ७ सय १० अमेरिकी डलरका दरले चार्टर उडान हुने निगमका एक निर्देशकलाई उृत गर्दै इकान्तिपुरले लेखेको हो ।

सो चार्टर उडानमा निगमले आफूसँग भएको एयरबस ए३२० जहाज पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्नेछ ।

द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो । ५ वर्षअघि काबुलमा भएको एक आत्मघाती बम बिस्फोटमा ज्यान गुमाएका १२ नेपाली सुरक्षा गार्डको शव लिन निगमको न्यारोबडी २०७३ असारमा अफगानस्थान गएको थियो ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट