`कुटी’भित्र जीवनका यथार्थता

फुटकर गीतहरूका माध्यमबाट आफ्नो परिचय बनाइसकेका मणि अर्यालको पहिलो साहित्यिक कृति प्रकाशित भएको छ । कुटी शीर्षकको निबन्धसंग्रह प्रकाशित गराएर उनले नेपाली निबन्ध विधामा स्थान बनाएका छन् । जम्मा एघार वटा आत्मपरक निबन्धको सँगालोका रूपमा रहेको यस कृतिमा निबन्धकारका वैयक्तिक भोगाइ, अनुभूति र विचार स्पष्टरूपमा प्रकट भएका छन् । खासगरी जीवनका पछिल्ला दिनहरूमा निबन्धकारले […]
अफगानिस्तानबाट ७० नेपालीलाई स्वदेश ल्याउन नेपाल वायुृसेवाको जहाज काबुल जाँदै

काठमाडौँ, ३१ श्रावण । अफगानिस्तानका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० जना नेपालीलाई त्यहाँबाट स्वदेश ल्याउन भदौ १० गते नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ जाने भएको छ । यस्तै लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका करिब ७० जनालाई काठमाडौंबाट काबुल पुर्याउन पनि निगमको विमान त्यहाँ जान लागेको […]
चितवनमा कुखुराको सुलीबाट बिजुली, ६२ केभिएको जेनेरेटर

भरतपुर , ३१ साउन। कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन […]
अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन
भरतपुर, ३१ साउन । विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि समस्यामा परेका नेपालीलाई अफगानिस्तानबाट स्वदेश फर्काउन सरकारले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको र अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने पहल सुरु भएको जनाएको हो । यसका लागि अफगानिस्तानमा रहेका नेपाली र […]
अफगानिस्तानका राष्ट्रपति देश छाडेर भागे

भरतपुर, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । घानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बिद्रोही तालिवानले मुख्य शहर कब्जा गर्दै राजधानी शहर काबुलमा छिरेपछि रास्ट्रपति घानी ताजकिस्तान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
चितवनमा १० दिन निशेधाज्ञा थप, बढी भिडभाड हुने सरकारी कार्यालयका सेवा स्थगन

भरतपुर, ३१ साउन । चितवनमा कोरोना संक्रमण रोकथामका लागि १० दिन निशेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार निशेधाज्ञासम्बन्धी आदेश जारी गर्दै भाद्र १० गते राति १२ बजेसम्म निशेधाज्ञा लम्बाउने जानकारी दिएको हो । पछिल्लो निषेधाज्ञा साउन ३२ गते सोमबार राति १२ बजे सकिदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारीआदेशमा भाद्र […]
प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

वाग्मती, ३१ साउन । वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो । सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष […]
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा भेटियो मृत गैँडा

भरतपुर, ३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा […]
हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प

बीबीसी, ३१ श्रावण । हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १ हजार ८०० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड शहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । भूकम्पका कारण त्यहाँको पश्चिम […]
केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ ३१ साउन। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको केन्द्रीय कमिटीको […]
नेपाल टेलिकमको मुनाफा घट्यो

काठमाडौँ, ३१ श्रावण । नेपाल टेलिकमले गत आर्थिक वर्षमा सेवातर्फको आयमा सुधार गरे पनि मुनाफा भने घटेको छ । गत आर्थिक वर्षमा टेलिकमको मुनाफा सवा २ अर्ब रुपैयाँले घटेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्ष २०७७/७८ मा टेलिकमले सेवाबापत ३५ अर्ब ९० करोड ३७ लाख रुपैयाँ आय गरेको थियो । गत वर्ष टेलिकमको […]
अफगानिस्तानमा राजधानी काबुलबाहेक सबै मुख्य सहर तालिबानको कब्जामा

काबुल, साउन ३१। अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्।आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए। तालिबानहरू अब […]
फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी, ३१ साउन। दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । […]
तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ, ३१ साउन नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा डा प्रकाशराज रेग्मीको नेतृत्वमा आउनुभएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन । […]
प्रिय मौनता र नारी आलोक

प्रिय मौनता ! सिर्जना गरेकी हौ तिमीले मेरो एकान्तमा एउटा सुमधुर संगीत मैले पनि बनाएको हुँ तिम्रो सपनाको आकाश एउटा खुल्ला धरहरा …… समालोचक एवम् कवि डा. नेत्र एटमको सिर्जनामाथि समीक्षा गर्ने कुरा त्यति सजिलो होइन । कवि डा. नेत्र एटमको केही समयअघि प्रकाशित कविता सङ्ग्रह `प्रिय मौनता´ नवीन आयाम हो काव्यफाँटमा । मानिसभित्र हराउँदै […]
२०७८ साउन ३१ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)