काठमाडौँ ३१ साउन।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने जानकारी दिए ।
‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छौँ,’ श्रेष्ठले भने
आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।





