सांग्रिलाबाट एसईई उत्तीर्ण अनुसा एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल

राप्ती, २६ साउन ।
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षा २०७८ मा ७३औँ स्थानमा राप्ती नगरपालिका-२ निवासी अनुसा त्रिपाठीले नाम निकाल्न सफल भएकी छन् ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा उनले १ सय ७२ अंक प्राप्त गरेकी छन् । सो अंक हासिल गरेसँगै अनुसाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएकी छन् ।

कक्षा ११ र १२ रत्ननगरस्थित न्यू क्यापिटल कलेजबाट विज्ञान विषय लिएर पढेकी उनले २०७६ सालको ब्याचमा ३.६३ जिपीए सहित उत्तीर्ण गरेकी हुन् ।

त्यस्तै राप्ती- ५ स्थित सांग्रिला ईङ्गलिश बोर्डिङ स्कुलबाट २०७३ ब्याचको एसईई परीक्षामा ३.८५ जिपिए सहित उनी स्कुल प्रथम भएकी हुन् । उनले नर्सरीदेखि नै सांग्रिला स्कुलमा अध्ययन गरेकी थिइन् । सांग्रिला स्कुलका प्रधानाध्यापक गोकुल सिलवालले खुशी व्यक्त गर्दै उनलाई स्कुल र आफ्नो व्यक्तिगततर्फबाट बधाई पनि दिएका छन् ।

सिलवालले अनुसा पहिलेदेखि नै मेहनती, लगनशील र जिज्ञासु रहेको बताए ।

सामान्य परिवारमा जन्मेकी अनुसाको बाल्यकालदेखि नै डाक्टर बन्ने लक्ष्य रहेको थियो । एमबीबीएस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलोपटक मै उनले नाम निकालेकी थिइन् ।

बीएस्सी नर्सिङ प्रवेश परिक्षामा पनि उनी नेपाल तेस्रो भएकी छन् । १७० अंक हासिल गरेर उनी नेपाल तेस्रो भएकी हुन् ।

त्यस्तै सांग्रिलाबाट सोही ब्याचमा ३.७० जिपीए सहित एसईई उत्तीर्ण भएकी जोशिका कँडेल बीएस्सी नर्सिङ प्रवेश परिक्षामा नेपाल तेस्रो भएर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी छन् ।

आइतबार सार्वजनिक भएको नतिजा अनुसार २०० पूर्णांकमा १७० अंक सहित उनी नेपाल तेस्रो भएकी हुन् ।

सोही ब्याचका समीर श्रेष्ठ र सन्दीप श्रेष्ठले गत वर्ष पुल्चोक इन्जिनियरिङ कलेज र सुरुची मैनालीले हेटौंडामा फरेस्ट्री पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन गरिरहेका छन् ।

यसरी आफूले सानैदेखि पढाएको विद्यार्थीहरुको यो सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित महसुस गरेको स्कुलका प्रधानाध्यापक सिलवालले बताए ।

शिक्षाको गुणस्तरको मापन भौतिक संरचनाले मात्र हुँदैन भन्ने कुरा यी विद्यार्थीहरुले पाएका सफलताले प्रमाणित गरेको सिलवालको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट