माधव नेपालले कलम चिह्न लिएर पार्टी खोल्न लागेको बाँस्कोटाको खुलासा

भरतपुर, १९ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्न लागेको ठोकुवा गरेका छन् ।

मंगलबार साँझ ट्विट गर्दै उनले यस्तो बताएका हुन् । नयाँ पार्टी निर्माणका लागि बुधबार माधव समूहले भेला राखेको उनको दाबी छ ।

उनले लेखेका छन्, ‘क्वालिटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।

उनको यो ट्विटमा थुप्रैले पक्ष विपक्षमा प्रतिक्रिया दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट