माधव नेपालले कलम चिह्न लिएर पार्टी खोल्न लागेको बाँस्कोटाको खुलासा

भरतपुर, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्न लागेको ठोकुवा गरेका छन् । मंगलबार साँझ ट्विट गर्दै उनले यस्तो बताएका हुन् । नयाँ पार्टी निर्माणका लागि बुधबार माधव समूहले भेला राखेको उनको दाबी छ । उनले लेखेका छन्, ‘क्वालिटीमा भोलि माधव कमरेडले एमालेलाई रातो […]

४१ राजनीतिक दलको दर्ता खारेज

भरतपुर, १९ साउन । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो । आयोगको आजको बैठकले खारेज भएका राजनीतिक दलको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी […]

भूमि समस्या समाधान आयोग खारेज, यस्ता छन् सरकारका थप निर्णय

भरतपुर, १९ साउन । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो । बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । आचरणविपरीत काम गरेकाले महाप्रबन्धक भट्टराईलाई […]

देशलाई पारसको देन : एउटा सम्झनलायक करियर

भरतपुर, १९ साउन । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले मंगलबार सबै खालका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । राष्ट्रिय क्रिकेट टोलीमा पारसको उपस्थितिसँग अभ्यस्त भएका क्रिकेटप्रेमीका लागि निश्चय पनि कठिन समय बनेको छ । उनैले खेलेको देखेर हुर्किएका समर्थकका लागि एउटा युगको अन्त्य भएको छ । पारसले नेपाली क्रिकेटको स्तरोन्नति गर्ने कार्यमा खेलेको भूमिकाले […]

चितवनमा ६० हजार बढीले पाए पूर्ण मात्राको खोप

भरतपुर, १९ साउन । चितवन जिल्लामा पूर्ण मात्राको खोप प्राप्त गर्नेको संख्या ६० हजार ३६२ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १८ गतेसम्म सो संख्याका नागरिकले पूरा मात्राको खोप पाएका हुन् । पूर्ण खोप पाएका मध्ये १३ हजार १७२ जनाले कोभिसिल्ड तथा १० हजार ७६६ जनाले भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् […]

४१ राजनीतिक दलको दर्ता खारेज

काठमडौँ, १९ साउन। निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो । आयोगको आजको बैठकले खारेज भएका राजनीतिक दलको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो […]

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौँ, १९ साउन । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै […]

कोरोना सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ, १९ साउन । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत […]

बालविषयक `लघुकथाको सुगन्ध´ प्रकाशन

भरतपुर, १९ साउन । बालबालिकालाई लक्षित गरेर लेखिएका बालविषयक लघुकथाहरूको संग्रह `लघुकथाको सुगन्ध´ प्रकाशन भएको छ । सबै लेखकहरुलाई लेखकप्रति उपलब्ध गराएर संग्रहको भर्चुअल विमोचन गर्ने तयारी भइरहेको छ । सङ्ग्रहमा १३२ जना कथाकारका २३० वटा बालविषयक लघुकथा छन् । हरेक परिवारले आफ्ना बाबुनानीका लागि यो कथासङ्ग्रह पढ्न दिएमा बालबालिकाहरूलाई थप शिक्षा मिल्ने सङ्ग्रहका सम्पादक […]

स्तनपानसम्बन्धी सचेतना बढ्दो, अभ्यास भने खस्कँदो

भरतपुर, १९ श्रावण । हरेक वर्ष अगष्ट महिनाको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गरिन्छ । यस पटक सो सप्ताह श्रावण १७ देखि २३ गतेसम्म परेको छ । नवजात शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि आमाको दूध नै सर्वाेपरी हुन्छ भनी अन्तर्राष्ट्रिय रूपमा नै त्यससम्बन्धी सचेतना अभिवृद्धि गराउन सो अभियान थालिएको हो । […]

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १९ साउन। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले कार्यभार सम्‍हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब […]

चितवनमा ‘सिजनल फ्लु’ का बिरामी बढे

चितवन, १९ साउन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको […]

जलविद्युतले बदलिएको गाउँ

म्याग्दी, १९ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक […]

अन्तर्राष्ट्रिय खेलजीवनबाट पारस खड्काले लिए सन्न्यास

काठमाडौँ, १९ साउन नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घाेषणा गरेका छन् । सामाजिक संजालमा संदेश राख्दै उनले सन्न्यास घोषणा गरेका हुन् । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी र कप्तान हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले […]