विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १९ साउन।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले कार्यभार सम्‍हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म नाफामा पुग्यो ।

२९ भदौ २०७३ मा कार्यकारी निर्देशकको नियुक्ति पाएका कुलमानको कार्यकालमा नै १६ घण्टा लामो लोडसेडिङ अन्त्य र ३४ अर्बको सञ्चित घाटाबाट ५ अर्ब नाफामा पुगेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट