भरतपुर, १९ साउन ।
बालबालिकालाई लक्षित गरेर लेखिएका बालविषयक लघुकथाहरूको संग्रह `लघुकथाको सुगन्ध´ प्रकाशन भएको छ । सबै लेखकहरुलाई लेखकप्रति उपलब्ध गराएर संग्रहको भर्चुअल विमोचन गर्ने तयारी भइरहेको छ ।
सङ्ग्रहमा १३२ जना कथाकारका २३० वटा बालविषयक लघुकथा छन् ।
हरेक परिवारले आफ्ना बाबुनानीका लागि यो कथासङ्ग्रह पढ्न दिएमा बालबालिकाहरूलाई थप शिक्षा मिल्ने सङ्ग्रहका सम्पादक घनश्याम डल्लाकोटीले बताए । पुस्तकको मूल्य व्यक्तिगत २९० रुपैयाँ र संस्थागत ३९० रुपैयाँ छ ।





