चितवनमा ६० हजार बढीले पाए पूर्ण मात्राको खोप

भरतपुर, १९ साउन ।

चितवन जिल्लामा पूर्ण मात्राको खोप प्राप्त गर्नेको संख्या ६० हजार ३६२ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १८ गतेसम्म सो संख्याका नागरिकले पूरा मात्राको खोप पाएका हुन् ।

पूर्ण खोप पाएका मध्ये १३ हजार १७२ जनाले कोभिसिल्ड तथा १० हजार ७६६ जनाले भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् । ३६ हजार ४२४ जनाले भने जेन्सेन खोप लगाएका हुन् । जेन्सेन खोप एक पटक मात्रै लगाए पुग्ने खाले खोप हो । कार्यालयले जिल्लाभर गत साउन १४ गतेदेखि जेन्सेन खोपको वितरण थालेको थियो । यस्तै साउन ११ र १२ गते तथा साउन १ देखि ४ गतेसम्म जिल्लाभर भेरो सेल खोप वितरण गरिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म भेरो सेल र कोभिसिल्डको पहिलो मात्राको खोप भने १ लाख १९ हजार ४४४ जनाले लगाएका छन् । तीमध्ये ३९ हजार ८७९ जनाले कोभिसिल्ड तथा ७९ हजार ५६५ जनाले भेरो सेल खोप लगाएका हुन् । जिल्लामा अझै पनि ९५ हजार ५०६ जना कोभिसिल्ड र भेरो सेल खोपको दोस्रो मात्राको प्रतीक्षामा रहेका छन् ।

देशभर मंगलबारसम्म ४२ लाख ५४ हजार ५४० जनाले पहिलो मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पूर्ण मात्राको खोप पाएकाको संख्या भने २० लाख २ हजार ७०३ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट