म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

भरतपुर, १८ साउन ।
म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् ।

गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ ।

विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् । उनले दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका बीबीसीले जनाएको छ ।

स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव गराउन देशमा स्थिरता कायम गर्नु पर्ने उनले बताए । यसअघिको चुनावमा धाँधली भएको भन्दै विरोध गर्दै आएको सेनाले सुकी नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । हिरासतमा रहेकी नेतृ सुकीमाथि सेनाले विभिन्न शीर्षकमा मुद्दा चलाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट