लकडाउन कार्यान्वयन गराउन सिड्नीमा सैनिक परिचालन

भरतपुर, १८ साउन । अष्ट्रेलियाको सिड्नीमा सर्वसाधारणले लकडाउनलाई वेवास्ता गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले सोमबारबाट सेना परिचालन गरेको छ । संक्रमण तीव्र गतिमा फैलिरहेपनि सर्वसाधारणले हेलचेक्राइँ गरेको भन्दै सम्भावित थप जोखिमलाई ध्यानमा राखेर सेना परिचालन गरिएको बताइएको छ । गत महिना सिड्नीका विभिन्न स्थानमा स्थानीयले लकडाउनको विरोधमा र्‍याली नै निकालेका थिए । सो र्‍यालीमा […]

भरतपुर अस्पतालसहित ८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

मकवानपुर, १८ साउन वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ ।यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन […]

जनप्रतिनिधिबाट कार्मचारीमाथि दुर्व्यवहार हुनु निन्दनीय : स्वास्थ्य कार्यायल चितवन

भरतपुर, १८ साउन । जनप्रतिनिधिबाटै कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाप्रति स्वास्थ्य कार्यालय चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत गत शुक्रबार कार्यालय परिसरमा खोप सेसन चलिरहेका बेला भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष तथा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी र कार्यालयका कर्मचारी अमृत महर्जनबीच भनाभन भएको थियो । […]

गर्भबाटै कारागार जीवन

चितवन, १८ साउन । जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् ।गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएकी […]

वडा कार्यालयमा लगाइएको ताला खुल्यो

भरतपुर, १८ साउन । भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा लगाइएको ताला स्थानीय आफैँले खोलेका छन् । शहीद चोक-धर्मचोक-कचपचे चोक सडक खण्डको मर्मतको काम समयमा पूरा गर्न नसकेको भन्दै स्थानीयहरूले सोमबार बिहान कार्यालयको ढोकामा ताला लगाएका थिए । बिहान करिब १० बजे लगाइएको ताला दिउँसो १ बजेतिर खोलिएको हो । सडकको काम पूरा गरिसक्नुपर्ने […]

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट, १८ साउन। बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी […]

अटोसँगै जीवन गुडाउनेहरू भन्छन्, ‘निषेधाज्ञा हटोस्’

भरतपुर, १८ साउन । कोभिडको दोस्रो लहरले गर्दा निषेधाज्ञा भएयता कामविहीन भएका सवारीचालक बिस्तारै लयमा फर्किरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै लामो तथा छोटो दूरीमा चल्ने साना तथा ठूला सवारीसाधन सडकमा बाक्लिएका छन् । निषेधाज्ञाका कारण थलिएका तीन पांग्रे अटो चालकहरूले चाँडै निषेधाज्ञा हटोस् भन्न थालेका छन् । मोहन लामा पेशाले अटो चालक हुन् । […]

कामकाजी आमालाई पूर्ण स्तनपानमा समस्या

दुर्गा देवकोटा टीकापुर १८ साउन । कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थाल्नुभएको छ । कार्यालय जान थालेपछि उहाँले बच्चालाई नियमित स्तनपान गराउन पाउनुभएको छैन । “दुई महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर […]

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

भरतपुर, १८ साउन । म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ १८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम टुंग्याउने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि माओवादीका तर्फबाट दुई जना मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डाका सम्बन्धमा निर्णय गरिनसकेकाले मन्त्रिपरिषद् […]

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

वाग्मती, १८ साउन । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल […]