भरतपुर, ३ श्रावण ।
चितवन जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत श्रावण १ देखि ३ गतेसम्म ४२ हजार बढीले भेरो सेल खोपको पहिलो मात्रा प्राप्त गरेका छन् । तीन दिनसम्म चलेको अभियानमा खोपको प्रमुख लक्षित समूह ५५ वर्ष माथिका नागरिक रहेका थिए ।
अभियानमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, खोप अनिवार्य गरिएको देशमा जाने नागरिक, सार्वजनिक सवारीसाधनका चालक तथा सहचालक, लगायतले पनि पहिलो मात्राको भेरो सेल खोप लगाएका थिए । खोपका आकांक्षी धेरै हुँदा खोप केन्द्रहरूमा लक्षित समूहको उपस्थिति बाक्लो रहेको थियो ।
जिल्लाका बढी जनघनत्व भएका वडाहरूमा खोप लगाउन नागरिकहरूले दुई दिनसम्म खोप केन्द्र धाएका थिए ।


























तस्बिर : शिव गौतम




