विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्ने

भरतपुर, २८ जेठ
विश्वकप तथा एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ । एसियाली पावरहाउस अस्ट्रेलियासँगको आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

पाँचपल्ट विश्वकप खेलिसकेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ ।
फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको वरीयताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयअनुसार राती पौने १० बजेदेखि सुरु हुनेछ ।

दुई सातादेखि मध्यपूर्वमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोटअन्तर्गत नै चाइनिज ताइपेईसँग र जोर्डनसँग खेलिसकेको छ । सबैकुरा सामान्य भइदिएको भए यी तीनै खेल नेपालले आफ्नै मैदानमा खेल्न पाउने थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट