टर्की र इटालीबीचको खेलका रोचक तथ्य

भरतपुर, २८ जेठ । १६औँ संस्करणको युइएफए युरो कप आजबाट सुरु हुँदैछ । युरोप महादेशका विभिन्न ११ देशका ११ शहरमा आयोजना गरिने प्रतियोगिताको पहिलो खेलमा आज राति १२:४५ बजे इटाली र टर्की खेल्दैछन् । यी दुई टोलीले यसअघिका भेटमा केकस्तोे प्रदर्शन गरेका छन्, त्यसको छोटो चर्चा गर्ने प्रयास गरिएको छ । इटाली र टर्कीले एकअर्कासँग […]

लकडाउन प्रभावित बस्तीमा युवा व्यवसायीद्वारा खाद्यान्न सहयोग

भरतपुर, २८ जेठ । चेपाङ गाँउमा खाद्यान्न अभाव भएपछि नारायणगढस्थित युवा व्यवसायीको संस्था चितवन राउण्ड टेबलले खाद्यान्न सहयोग गरेको छ । लकडाउनले प्रभावित चेपाङ बस्तीमा शुक्रवार चितवन राउण्ड टेबलले राहत वितरण गरेको हो । कालिका नगरपालिकाको वडा नं १० स्थित बन्दीपुरे टोल, जिङ्लाउका ३५ घरधुरीका चेपाङ परिवारलाई गाउँमै पुगेर युवा व्यवसायीले खाद्यान्न वितरण गरेका हुन् […]

साइप्रसले पायो पहिलो महिला सभामुख

एजेन्सी । साइप्रसमा पहिलोपटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी हुन् । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन् । सभामुखमा विजयी भएसँगै ३६ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा […]

२४ घण्टामा थपिए २७०९ जना संक्रमित, ५२२५ जनालाई निको

भरतपुर, २८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ७०९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका ९ हजार ५९८ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, एन्टिजेन विधिबाट गरिएका ५ हजार ५८४ परीक्षणमध्ये १ हजार ४१ […]

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

काठमाडौं, २८ जेठ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा […]

चितवनमा ६२ देखि ६५ वर्ष उमेर समूहका नागरिकले लिए भेरोसेल खोप (भिडियो)

भरतपुर, २८ जेठ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवनमा पनि ६२ देखि ६५ वर्ष उमेर समूहका नागरिकले पहिलो मात्राको खोप लगाएका छन् । लक्षित समूहलाई चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्मित भेरोसेल नामक खोप लगाएका हुन् । जेठ २५ र २६ गते जिल्लाका विभिन्न ७९ वटा खोप केन्द्रबाट खोपको पहिलो मात्रा दिइएको थियो । चितवनमा […]

२४ घण्टामा चितवनका अस्पतालमा २ जना संक्रमितको मृत्यु

भरतपुर, २८ जेठ । पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पताल तथा आइशोलेसन सेन्टरबाट १९ जना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य कार्यालयले शुक्रबार प्रकाशन गरेको दैनिक रिपोर्टअनुसार भरतपुर अस्पतालमा उपचार गराइरहेका दाङ र नवलपरासीका १–१ जना संक्रमितको मृत्यु भएको हो । जिल्लामा […]

चितवनका थप ११३ जनामा संक्रमण पुष्टि

भरतपुर, २८ जेठ । पछिल्लो २४ घण्टामा चितवनका थप ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६० जनामा पीसीआर तथा ५३ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ५२२ जनाको स्वाब संकलन गरिएको […]

७७ जिल्लामा गृहको परिपत्र :आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारी गर्नू

काठमाडौँ, २८ जेठ गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ […]

बालुवाटारबाट नागरिक आन्दोलनका अगुवा पक्राउ

काठमाडौँ, २८ जेठ नारायण वाग्ले, खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् । आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले उज्यालोलाई जानकारी दिए । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत […]

युरोकप फुटबल आजदेखि, उद्घाटन खेल इटाली र टर्कीबीच

भरतपुर, २८ जेठ युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकप आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० आजबाट सुरु हुन लागेको हो । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । […]

विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्ने

भरतपुर, २८ जेठ विश्वकप तथा एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ । एसियाली पावरहाउस अस्ट्रेलियासँगको आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । पाँचपल्ट विश्वकप खेलिसकेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ । फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया […]

असुरक्षित छन् दुर्गमका देवता

जाजरकोट, २८ जेठ धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिसमेत […]

कोरोनाले बढायो आर्युेवेदिक औषधिको महत्व

गलकोट, २८ जेठ अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका […]

सरकार प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई

काठमाडौँ, २८ जेठ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी […]

देशभर भारी वर्षाको संभावना

भरतपुर, २८ जेठ । देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार साँझ पनि देशभर सामान्य देखि […]