बालुवाटारबाट नागरिक आन्दोलनका अगुवा पक्राउ

काठमाडौँ, २८ जेठ
नारायण वाग्ले, खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् । आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले उज्यालोलाई जानकारी दिए ।

सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उनले बताएको उज्यालो नेटवर्कले जनाएको छ ।

नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

निषेधाज्ञाको समयमा प्रदर्शनमा निस्किएकाले आफूहरूले प्रदर्शनमा लागेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट