भरतपुर, २९ वैशाख
चितवनमा निषेधाज्ञा जारी गरेको आज १३ औँ दिन हो । गत वैशाख १६ गते मध्यराति १२ बजेदेखि जारी गरिएको निषेधाज्ञा पहिलो चरणमा वैशाख ३१ गते राति १२ बजेसम्म जारी रहने छ । त्यसपछि के हुन्छ भन्ने अहिले एकिन छैन ।
कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै यसको ‘चेनब्रेक’ गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञापछि सडक खाली छन् । पसल बन्द छन् । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै गुडेको देख्न सकिन्छ । अस्पतालमा पनि कोभिडबाहेकका अरु बिरामीले सेवा पाउन सकेका छैनन् ।
निषेधाज्ञा दौरान भतरपुर, नारायणगढ क्षेत्र कस्तो छ त ? हेरौँ कायाकैरनकर्मी विनोदबाबु रिजाल र लेखराम सापकोटाले खिचेका केही फोटा :























