रत्ननगर, २८ वैशाख
चितवनमा निषेधाज्ञा जारी गरेको आज १२ औँ दिन हो । कोरोना भाइरसको दोस्रो लहर मत्थर पार्न गत वैशाख १६ गते मध्यराति १२ बजेबाट चितवनमा जिल्लाव्यापी निषेधाज्ञा घोषणा गरिएको हो । यो चरणको निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म जारी रहनेछ ।
निषेधाज्ञाका क्रममा सडक खाली छ । अत्यावश्यक सवारीसाधन मात्रै चलेका छन् ।बजार पूरै बन्द छन् । त्यस क्षेत्रमा आजको हाल के छ त ?
हेरौँ लेखराम सापकोटाले खिचेका केही तस्बिरहरूमा ।









