सबैखाले भेला–सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १८ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको भन्दै भीडभाड हुने सबैखाले गतिविधि रोक्न आग्रह गरेको छ ।

आज ( बुधबार) मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भीडभाड हुने खालका सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेका हुन् ।

संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भीडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले बताए । ‘कुनै पनि जुलुस, भीडभाड, सभासम्मेलन र भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय विनम्र आग्रह गर्दछ’ उनले भने ।

नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रेस ब्रिफिङका क्रममा डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । आज देशभर एक हजार ४९३ जना सक्रिय संक्रमित रहेका पनि उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट