भारतीय प्रधानमन्त्री मोदी बंगलादेशमा

ढाका, बंगलादेश ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश आएका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी बङ्गलादेश आएका हुन्।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ । उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री मोदी स्थानीय समय अनुसार विहान ७:४५ बजे ढाकाका लागि प्रस्थान गरेका हुन् । त्यसपछि उनी बङ्लादेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै उच्चस्तरीय भेटघाट पनि गरेका छन् । उनको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ ।
एएनआई

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट