गैंडाकोटमा अग्नि नियन्त्रण गोष्ठी

गैंडाकोट, १३ चैत ।
नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले एक दिने अग्नि नियन्त्रण गोष्ठी विहिबार सम्पन्न गरेको छ । वनमा लाग्ने डढेलोका कारण, रोकथाम नियन्त्रण तथा सावधानीका उपायबारे स्थानीय उपभोक्ता सुरक्षा निकाय सरोकारवाला सबैलाई समयमा जानकारी गराउने उद्देश्य राखेर कार्यक्रम गरिएको हो ।

एक दिने अग्नि नियन्त्रण गोष्ठीले वनमा डढेलो लागिहालेमा नियन्त्रण गर्ने बारेमा जानकारी हुने र सहज पनि हुने गैँडाकोट- ९ का अध्यक्ष प्रेम सापकोटाले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले वनमा डढेलो लाग्ने समयमा डढेलो निभाउने सामग्री सहितको टोली तयार गरेर वन र वस्ती नजिकै रहेका क्षेत्रहरुमा अग्नि रेखा बनाई नियमित सफा गर्न सुझाव दिए । सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख तथा प्रशिक्षक सुर्यसिंह गुरुङले वनमा वर्षेनी डढेलो लाग्ने कारण, वातावरणमा पर्ने प्रभाव, वनमा डढेलो लाग्नु अगावै अपनाउनुपर्ने सावाधानीहरुबारे जानकारी दिए । गुरुङले डढेलो नियन्त्रण गर्न स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहने बताए ।

गैँडाकोट- ७ का अध्यक्ष चोलानाथ उपाध्ययले अरुबेला भन्दा यो समयमा उपभोक्ता एवम् कार्यसमिति सदस्य सबै चनाखो र सचेत रहन आग्रह गरे ।

नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठीले अघिल्लो वर्ष वनमा डढेलो नलाग्नुको कारण आम उपभोक्ताहरु सचेत र सक्रिय भएको भताउँदै वनमा डढेलो नलागेकोमा सबै उपभोक्तालाई धन्यबाद दिँदै डढेलोका समयमा अरुबेला भन्दा अली सक्रिय रहन पनि आग्रह गरे ।कार्यक्रममा ज्ञानप्रसाद खनाल, नारायण कुमाल, सावित्रा कंडेल, धनपति कंडेललगायतले मन्तव्य राखेका थिए ।
उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वनकी सचिव उमाकुमारी पाण्डेले गरिन् । ९४१ उपभोक्ता घरधुरी संख्या रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल ४६६.०२ हेक्टर रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट