भरतपुर, ११ चैत ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन चितवन शाखाले नन्दलाल महतोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शाखाको सातौँ अधिवेशनले महतोको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा न्यौपाने, सचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा शेखरनाथ पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामगोपाल श्रेष्ठ, तीर्थराज पोख्रेल, पृथ्वीदेवी सुवेदी, हरिहर दवाडी र सरोज काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।




