नारायणी सामुदायिक वनमा पर्यापर्याटनको संभावना

गैंडाकोट, ९ चैत ।
विशेषगरी वनभोज खानेहरूको रोजाइमा रहेकोे नारायणी सामुदायिक वनक्षेत्र पछिल्लो समयमा धेरै आन्तरिक पर्यटकको रोजाइमा परेको छ । नारायणी सामुदायिक वनले धेरै संर्घष गरेर आन्तरीक पर्यटकको केन्द्रविन्दु नारायणी सामुदायिक वन बनाउन सफल भएको गैँडाकोट- ७ का वडाध्यक्ष चोलानाथ उपाध्ययले बताए । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको आठौँ वार्षिकोत्सव कार्यक्रममा वनले गरेका विभिन्न गतिविधिको चर्चा गरियो ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले काठ दाउरामा मात्र निर्भर नरहेर अब पर्यापर्यटनको सम्भावना खोजी गरेर अगाडी बढ्न वन समितिलाई आग्रह गरे । आफनोे तर्फबाट गर्नेसक्ने सहयोग सदैव रहने सापकोटाले बताए ।

सव डिभिजन वन कार्यलय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले नारायणी सामुदायिक वनले गरेका सबै कामहरु राम्रा र उत्कृष्ट रहेका कारण अब यिनको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । `अन्य सामुदायिक वनहरुको हाम्रा सामुदायिक वन समूहको प्रसंशा गर्दै अन्य क्षेत्रमा हाम्रो वनको नाम उच्चारण गर्न सक्नेगरी अगाडी बढ्नुपर्छ´ गुरुङले सुझाव दिए । गैँडाकोट- ९ का वडाध्यक्ष प्रेम सापकोटाले गैँडाकोटका सामुदायिक वनबाट धेरै आम्दानी गर्ने सक्ने क्षमता भएको र परम्परागत शैली परिवर्तन गरेर फरक शैलीबाट कार्यक्रम सञ्चालन गर्ने आग्रह गरे ।

नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठीले वनले सञ्चालन गरेका कार्यक्रहरु उपभोक्ता लक्षित रहेको र लगानी गरिएका कार्यक्रमको प्रतिफल पनि राम्रो भएको बताए । सबै कार्यक्रममा उपभोक्ताको साथ र सहयोगका कारण सम्भव भएको बताउँदै सबैलाई धन्यबाद दिए ।

उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वनकी सचिव उमाकुमारी पाण्डेले गरिन् । नारायणी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल ४६६.०२ हेक्टर रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट