फोहोरमैला व्यवस्थापनका लागि नयाँ ठेक्का सम्झौता

भरतपुर, ५ चैत्र । भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैलाको सङ्कलन र व्यवस्थापनका लागि महानगरले दुई ओटा निजी कम्पनीसँग नयाँ ठेक्का सम्झौता गरेको छ । यस्तै घरधनीले फोहोरमैला सङ्कलन गरिदिएबापत निजी कम्पनीलाई बुझाउनुपर्ने शूल्कको दरमा पनि परिमार्जन गरिएको महानगरपालिकाको वातावरण शाखाका प्रमुख वरिष्ठ इञ्जिनियर विराट घिमिरेले जानकारी दिए । इञ्जिनियर घिमिरेका अनुसार हाल महानगरलाई बढी वा […]
२०७८ मा थपिए सार्वजनिक बिदा (हेर्नुहोस् सबै बिदासूची)

भरतपुर, ९ चैत सरकारले आगामी वर्ष २०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार राजपत्रमा प्रकाशन गरिएको छ । सरकारको निर्णयानुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, […]
जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौँ, ९ चैत त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते […]
क्याम्पाचौरमा फुटबल खेल्न क्यामरुनी टिम पनि आउने

भरतपुर, ९ चैत नारायणगढको क्याम्पाचौरमा हुन लागेको ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ मा क्यामरुनी खेलाडीहरुको टोलीले पनि सहभागिता जनाउने भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार कूल १० टिममध्ये एक टोली क्यामरुनी खेलाडीहरुको हुनेछ । उनका अनुसार चितवनका दुई टोली सहभागी हुनेछन् । विभागीय टोलीहरुसँग पनि अन्तिम […]
साहित्य सङ्गमद्वारा विभिन्न सम्मान र पुरस्कार घोषणा

हेटौँडा, ९ चैत । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ । साहित्य सङ्गमका अनुसार १० सम्मान तथा १० पुरस्कार प्रदान गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको हो । मकवानपुरको अग्रणी साहित्य संस्था सङ्गमले रु २० हजार राशिको गोपालप्रसाद रिमाल […]
२०७७ चैत ९ सोमबारको कायाकैरन दैनिक (Epaper)
विद्यार्थीहरूलाई दिइयो स्टेशनरी सामग्री

भरतपुर, ९ चैत्र । भरतपुर महानगरपालिका वडा नं २८ लौखरी, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । नारायणघाटका युवा व्यवसायीको समूह चितवन राउण्ड टेबलले सोमबार विद्यालय पुगी त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई कापी तथा पेन्सिल वितरण गरेको हो । स्टेशनरी सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वाग्मती प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले विद्यालयको भौतिक […]
राष्ट्रपति भण्डारी ढाकामा

बंगलादेश ढाका, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणका लागि आज ढाका पुगेकी छन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन उनी ढाका पुगेकी हुन् । बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत […]
घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

भरतपुर, ९ चैत । सरकारले आगामी वर्ष २०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा […]
एमालेले माग्यो स्पष्टीकरण

काठमाडौं, ९ चैत । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र बुझाएका हुन् । एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलले पत्र बुझेका छन् । त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ । अर्का नेता भीम रावलले […]
आफ्नै पार्टी एमालेमा रहेको कृष्णभक्तको भनाइ

काठमाडौं, ९ चैत । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भर्खरै ‘क्याम्प’ फेरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल–माधवकमाुर नेपाल पक्षमा रहेका पोखरेल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहमा गएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेल शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा सहभागी भएका थिए । त्यसअघि उनी ओलीका […]
नारायणी सामुदायिक वनमा पर्यापर्याटनको संभावना

गैंडाकोट, ९ चैत । विशेषगरी वनभोज खानेहरूको रोजाइमा रहेकोे नारायणी सामुदायिक वनक्षेत्र पछिल्लो समयमा धेरै आन्तरिक पर्यटकको रोजाइमा परेको छ । नारायणी सामुदायिक वनले धेरै संर्घष गरेर आन्तरीक पर्यटकको केन्द्रविन्दु नारायणी सामुदायिक वन बनाउन सफल भएको गैँडाकोट- ७ का वडाध्यक्ष चोलानाथ उपाध्ययले बताए । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको आठौँ वार्षिकोत्सव कार्यक्रममा वनले गरेका […]
मौलाकाली वनमा पीडा भुलाउने विश्राम गृह

गैंडाकोट, ९ चैत । मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले शनिबार मैलाकाली विश्राम गृह तथा वनदेवी मन्दिरको समुद्घाटन गरेको छ । घरमा बसिबसि कतिजना मानिस मौलाकालिका मन्दिर दर्शन गर्ने जाँदै छन् भन्ने गणना गर्न र छर्लङ्ग देख्न सकिने मौलाकाली सामुदायिक वन अहिले एक्लै हिँड्न डर लाग्ने अवस्थामा पुगेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट-१ का अध्यक्ष […]