गैंडाकोट, ९ चैत ।
मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले शनिबार मैलाकाली विश्राम गृह तथा वनदेवी मन्दिरको समुद्घाटन गरेको छ ।
घरमा बसिबसि कतिजना मानिस मौलाकालिका मन्दिर दर्शन गर्ने जाँदै छन् भन्ने गणना गर्न र छर्लङ्ग देख्न सकिने मौलाकाली सामुदायिक वन अहिले एक्लै हिँड्न डर लाग्ने अवस्थामा पुगेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट-१ का अध्यक्ष हरिप्रसाद सापकोटाले सवै सामुदायिक वनहरु हरियाली बनाउन उपभोक्ताको महत्वपूर्ण भूमिका रहने बताउए । धार्मिक आस्थाको केन्द्रविन्दु मौलाकाली मन्दिर र देवघाटको पैदलमार्गमा वनले निर्माण गरेको विश्राम गृहले हिजो वन जोगाउन जाँदा पाएका दु:ख भुलाउने विश्वास गरे । कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिङ गुरुङले अहिले निर्माण भएको विश्राम गृहले वन संरक्षणमा टेवा पुग्नुका साथै पर्यटन वनविकाससँगै वन हेरालु, पैदल यात्रु, अग्नि नियन्त्रकसबैलाई सजिलो हुने विश्वास लिए । `पानी पर्दा र घाम लाग्दा समेट ओत लाग्दै वनको अवलोकन गर्ने अवसर मिल्छ´- उनले बताए ।
मध्यरातमा उपभोक्ताहरुको घरघरमा पुगेर डढेलो निभाउन जाँदा पाएका दु:ख र वन तस्करीहरुले दिएका दु:ख सम्झँदै वनका अध्यक्ष काशिनाथ कँडेलले आज धेरै कुराको विकाससँगै जनचेतनाको वृद्धिभएका कारण वन संरक्षण गर्न सहज भएको बताए । कार्यक्रममा मौलाकालि सामुदायिक वनका पूर्व अध्यक्ष शालिकराम सापकोटा, मौलाकाली मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, जलुले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसे, स्थानीय महासंघ सचिव निर्मला कँडेल, नारायाणी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष वेदप्रसाद चालिसे, सीता न्यौपाने, राधादेवि लामिछाने, धनबाहादुर पौडेल, सारदा ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वनका उपाध्यक्ष हरिप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण वनका सहसचिव वेदप्रसाद गौडेलले गरेका थिए । ४७३.६९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा २२५६ घरधुरी उपभोक्ता सदस्य संख्या रहेको छ ।





