आफ्नै पार्टी एमालेमा रहेको कृष्णभक्तको भनाइ

काठमाडौं, ९ चैत ।
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भर्खरै ‘क्याम्प’ फेरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल–माधवकमाुर नेपाल पक्षमा रहेका पोखरेल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहमा गएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेल शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा सहभागी भएका थिए । त्यसअघि उनी ओलीका पछिल्ला निर्णयको विपक्षमा थिए । एकाएक खनाल–नेपाल समूह छाडेर उनी ओली समूहमा जाने निर्णयमा किन पुगे ? संक्षिप्त कुराकानीमा पोखरेलले यसरी सुनाए–

`म संसद् विघटनको विपक्षमा थिएँ । संसद् पुनःस्थापित भयो । संसद् पुनःस्थापित भएपछि नेकपा एमाले र माओवादीलाई अदालतले छुट्ट्याइदियो । त्यसपछि म त स्वतः नेकपा एमालेको सांसद भएँ नि ! एमालेको संसदीय दलको बैठकमा किन गएको भन्ने प्रश्न उठाउन मिल्छ र ?

संसद् पुनःस्थापनाको पक्षमा हुँदा एउटा समूह, टिम थियो । त्यो मुद्दा नै सकियो । नेकपा बनाउन भनेर लागेका थियौँ । नेकपा रहेन । एमाले बनिसकेपछि पनि यसको मूल नेतृत्वबाट के कारणले बाहिर रहनुपर्‍यो ? मलाई त चुनावमा एमालेले टिकट दिएको हो । एमालेको चिह्नबाट चुनाव लड्ने अनि एमालेको मूल नेतृत्वबाट बाहिर बस्ने ? संसद्लाई जीवन्त बनाउन चाहने अनि दलको बैठकमा नजाने, यसले संसद् जीवन्त हुन्छ त ? जुन संसद् मसहितका कारणले पुनःस्थापित भयो, त्यो संसद्लाई जीवन दिनका लागि पनि म संसदीय दलको बैठकमा जानुपर्थ्यो । त्यसकारण गएँ । मैले कुनै पार्टी चेन्ज गरेको त होइन ।

ओली, माधवकुमार समूह भन्ने त विधिवत कुरा नै होइन । एउटा मोर्चामा एकताबद्ध भएका मात्रै थियौँ । त्यो मुद्दा नै सकियो । माधव नेपालसँग व्यक्तिगत रुपमा केही भएर म यता आएको होइन ।´ बाह्रखरी अनलाइनमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट